Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूसँग असन्तुष्टि जनाएका छन् ।
जिल्लाबाट दिने सेवा निश्पक्ष नभएको उनको गुनासो छ ।
‘प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ। नढाँटीकन भन्नु पर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नुपर्छ र बेथिति हटाउनुपर्छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij