Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेसँगै कर्फ्यू आदेश जारी गरिएको छ । सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरिएका छन् । भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य बल पयोग पनि गरेको पनि स्थिति नियन्त्रणमा लिन बारा प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार १२:४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ । बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो ।
एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन जारी राखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij