Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकदुई हप्तामै राहदानी सेवा सरल हुन्छः विभाग

एकदुई हप्तामै राहदानी सेवा सरल हुन्छः विभाग

  • काठमाडौं । राहदानी विभागले एक दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले आज साँझ सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १–२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको छ ।

    AGNI GROUP

    हालैका दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ ।

    विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ ।

    विभागले भनेको छ,

    “यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा देहायको कुनै माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।” सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij