Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाए संयोजन समिति

कांग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाए संयोजन समिति

  • काठमाडौं । नेपाली कांग्रेसका ४० वर्षमुनिका युवा नेताहरूले पार्टी सुधारका लागि भन्दै केन्द्रीय संयोजन समिति गठन गरेका छन् । युवा नेताहरूले आज १०१ जनाको संयोजन समिति गठन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेसलाई नवयुवा पुस्तासँग जोड्‌दै पार्टीप्रति युवाहरूको आकर्षण बढाउनु नै आजको प्रमुख चुनौती भएको उनीहरूको बुझाइ छ ।

    AGNI GROUP

    संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पटक पटक विभिन्न बहनामा केन्द्रीय समिति बैठक स्थगित गरिनु, सामूहिक निर्णय गरेर समयको पदचाप, माग अनुरूप पार्टी सुधार र रूपान्तरणको बाटोमा अग्रसर हुन नसक्नु दुस्खद छ ।’

    नेपाली कांग्रेसको समयसापेक्ष सुधारका लागि पार्टी भित्र पनि आन्तरिक सुशासन, पारदर्शिता, जबाफदेहिता, न्याय र निष्पक्षता कायम गर्न नीतिगत व्यवस्था गरी व्यवहारिक कार्यान्वयन गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको आमूल सुधार, रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्नका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रूपमा ४० वर्षमुनिका १०१ जना युवाहरूको नेपाली कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरिएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij