Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घुसकाण्डमा प्रिन्सिपलमाथि मुद्दा

घुसकाण्डमा प्रिन्सिपलमाथि मुद्दा

  • काठमाडौं । शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विद्यालयमा माध्यमिक तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि परीक्षाको प्रश्नपत्र उपलब्ध गराउने र नियुक्ति दिलाइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

    AGNI GROUP

    प्रधानाध्यापक सञ्जय प्रसादले रौतहट राजदेवी नगरपालिका–७ का अरविन्द प्रकाश साह कानुमार्फत उक्त रकम घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानबाट कसुर देखिएको भन्दै आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij