Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महेश बस्नेत: जेन-जीको नाममा अराजक भिड उतारे

महेश बस्नेत: जेन-जीको नाममा अराजक भिड उतारे

  • काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले बाराको सिमरा जान अवरोध भएपछि सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । उनीसहित एमालेका महासचिव शंकर पोखरेल, जनवर्गीय संगठनका प्रमुख भानुभक्त ढकाललगायत आज सिमरा जाने तय भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरु बुद्ध एयरको जहाजमा बसेपछि उता सिमारामा जेनजीहरुले आन्दोलन गरेपछि एयरपोर्टमा तनाव पैदा भएको थियो । बुद्ध एयरले उडान रद्द गरेको छ । अहिलेसम्म पनि सिमराको अवस्था तनावग्रस्त छ । प्रशासनले कर्फ्यु लगएको छ ।

    AGNI GROUP

    उनले लेखेका छन्–

    राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन-जेड’ को नाममा विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।

    सभा-सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ । हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ । जनता सबै बुझिसकेका छन् । हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ । लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij