Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, करिब एक करोड बराबरको क्षति

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, करिब एक करोड बराबरको क्षति

  • काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।

    AGNI GROUP

    चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

    स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् ।  ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।

    २०७७ साल फागुनमा ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij