Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक आज बस्दै

एमालेको विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक आज बस्दै

  • काठमाडौँ । नेकपा एमालेले बोलाएको विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक आज बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । 

    onlinepatrika
    Arghakhachi

    बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउसो १ बजेदेखि शुरु हुदैछ ।  

    AGNI GROUP

    विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । 

    जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ । सरकारले चुनावको तयारी गरिरहेको छ भने एमाले भने प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने पक्षमा उभिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij