Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खाजाको खर्च खाँदा अख्तियारको आँखा

खाजाको खर्च खाँदा अख्तियारको आँखा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    उनीहरूमाथि विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको ४ लाख ४३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

    AGNI GROUP

    अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कपिलवस्तुको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

    आयोगको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाबाट विद्यालयलाई विभिन्न शीर्षकमा प्राप्त रकममाथि उनीहरूले अनियमितता गरेका थिए ।

    प्रतिवादीहरुविरुद्ध चार लाख त्रिचालीस हजार चार सय तीस रुपैयाँ पचहत्तर पैसा रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित अख्तियारले बिगो कायम गरेको छ ।

    निज प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई गैरकानूनी फाइदा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको दाबी गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij