Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा २१ लाख बराबरको चोरी

ललितपुरमा २१ लाख बराबरको चोरी

  • ललितपुर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको चोरी भएको छ । चोरी आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले १९ कात्तिकमा इमाडोलको एक घरको ताला फुटाएर २१ लाख ८३ हजार ३ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    सुनचाँदीका गरगहना र चोरी आरोपमा पक्राउ परेका उनीहरूबाट उक्त गरगहना खरिद गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । गहना किन्ने खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामी पक्राउ परेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij