Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा.कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सोमवार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो ।
भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय जोखिम तथा नेपालले आइएमएफबाट प्राप्त गर्दै आएको प्राविधिक सहयोगलगायतका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij