Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली सीआईबीको ड्रामा सकियो: होटलबाटै पक्राउ, प्रेस कार्ड पनि फर्जी

नक्कली सीआईबीको ड्रामा सकियो: होटलबाटै पक्राउ, प्रेस कार्ड पनि फर्जी

  • काठमाडौं । आफूहरूलाई सीआईबी बताउँदै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले धनुषा, मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका १० गोठाटार बस्ने ४१ वर्षीय रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका ७ घर भइ काठमाडौं, कीर्तिपुर भत्केकोपाटी बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।

    AGNI GROUP

    कात्तिक १६ गते कोटेश्वरमा तीनरचार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाएर बसिरहेका २ जनाको साथबाट आफूहरूलाई सीआईबी प्रहरी बताउँदै ५०/ ५० हजार गरी १ लाख रूपैयाँ इसेवामा ट्रान्सफर गर्न लगाउनुको साथै ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

    उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान,नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद गरेको छ । उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ ।

    बानेश्वर प्रहरी टोलीले पक्राउ परेका २ जनालाई बिहीबार ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij