Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई जिल्लामा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

दुई जिल्लामा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

  • काठमाडौं । कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सानो भूकम्प हो । चार म्याग्निच्युभन्दा मुनिका भूकम्प खासै महसुस गरिँदैन । यस्ता भूकम्प असरदार पनि हुँदैनन् ।

    AGNI GROUP

    यसअघि, यही कात्तिक २४ गते दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

    त्यसअघि, यही कात्तिक २१ गते दिउँसो २ बजेर २२ मिनेटमा अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यसको अघिल्लो दिन अर्थात् कात्तिक २० गते राति १० बजेर ४० मिनेटमा दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij