Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । देशभर रहेका यातायात कार्यालयको सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा बिजुली अवरुद्ध हुँदा सेवा रोकिएको हो ।
बत्ती निभेपछि इन्भर्टरबाट विद्युत आपूर्तिको व्यवस्था भएपनि त्यसले पनि काम नगरेको विभागले जनाएको छ ।
विभागका आईटी डाइरेक्टर केशव खतिवडाले भने, ‘आन्दोलनपछि लाइन जानसाथ इन्भर्टरबाट लाइन जोडिने गरी सिस्टम सिस्टम बनाएको थियो । तर, लाइन गएपछि प्राविधिक बोलाएका छौँ ।’
डाटा सेन्टरका बत्ती निभेसँगै देशभरका कार्यालयको सर्भर डाउन भएको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij