Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मनाङमा बेपत्ता दुई भारतीय बाबु–छोरीको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय बाबु–छोरीको शव फेला

  • काठमाडौं । मनाङमा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    कात्तिक ३ गतेदेखि हराइरहेका ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो २ बजे फेला पारेको हो ।

    AGNI GROUP

    सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनीहरुको शव हिउँले पुरिएको अवस्थामा भेटिएको हो । उनीहरू बाबु–छोरी हुन् ।

    मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिंडेका उनीहरु सम्पर्कविहीन भएका थिए ।

    उनीहरु सम्पर्क विहीन भएपछि उक्त होटलले खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij