Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

सिंहदरबारबाट लुटिएको सामग्री कन्सल्टेन्सीमा फेला

सिंहदरबारबाट लुटिएको सामग्री कन्सल्टेन्सीमा फेला

  • काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित कन्सल्टेन्सीबाट बरामद भएको छ । लुटिएको सामग्री बरामद भएको कन्सल्टेन्सी सरल शिक्षा एकेडेमी हो ।

    onlinepatrika
    Arghakhachi

    एकेडेमीमा प्रहरीले केही घण्टाअघि मात्रै छापा मारेको हो । प्रहरीका अनुसार एकेडेमीबाट एउटा प्रिन्टर भेटिएको छ । प्रहरीले प्रिन्टरको  मुचुल्का उठाई बरामद गरेको छ ।

    AGNI GROUP

    प्रहरी वृत सिंहदरबारबाट खटिएको प्रहरी टोलीले एकेडेमीमा छापा मारेको हो । एकेडेमीकी सञ्चालक उषा भट्ट हुन् । तर, प्रहरीले उनलाई पक्राउ गरेको  छैन ।

    प्रहरीका अनुसार एकेडेमीका कर्मचारीले त्यसबाहेकका सामग्री पनि सिंहदरबारबाट चोरी गरी ल्याएका थिए । प्रहरीको उर्दीपछि उक्त सामग्री भने एकेडेमीले यसअघि नै प्रहरी कार्यलयमा बुझाएको थियो ।

    वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरेको र अहिले पनि त्यस्तै सूचना आएकाले बुझ्ने काम भइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij