Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गर्नुभएको छ ।
ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पु¥याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
“पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु”, अध्यक्ष यादवले भन्नुभयो, “जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।”
अध्यक्ष यादवले पार्टीमा फर्कने नेता तथा कार्यकर्तालाइ क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । उहाँहरुको स्वागतका लागि पार्टीकोे ढोका खुला रहेको अध्यक्ष यादवले स्पष्ट पार्नुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij