Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरी निरीक्षक अनु लामालाई गृहले माग्यो स्पष्टीकरण

प्रहरी निरीक्षक अनु लामालाई गृहले माग्यो स्पष्टीकरण

  • काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।  लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन  लामालाई निर्देशन दिएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन् । त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन् ।

    AGNI GROUP

    २० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो । तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

    मन्त्रालयले आज सूचना प्रकाशित गर्दै ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन नआएमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी समेत दिएको छ । 

    575651769_1833189640673235_468388474227528717_n

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij