Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको गौरवमय उपलब्धि: युनेस्कोले दियो संगीत सहरको मान्यता

ललितपुरको गौरवमय उपलब्धि: युनेस्कोले दियो संगीत सहरको मान्यता

  • ललितपुर । ललितपुर महानगरपालिकालाई युनेस्को "संगीतको सिर्जनात्मक शहर"को रूपमा मान्यता प्रदान गरिएको छ । काठमाडौं उपत्यकाको प्रमुख तीन सहरहरूमा ललितपुर सबैभन्दा पुरानो सहर हो । युनेस्कोले हालै उक्त विधामा मान्यता प्रदान गरेको मेयर चिरिबाबु महर्जनले बताए । उनका अनुसार विभिन्न अनुसन्धान सामग्रीहरूमा उल्लेख भएअनुसार यो सहर लगभग दुई हजार वर्षभन्दा पुरानो सहर हो ।

    onlinepatrika
    Arghakhachi

    झन्डै तीन लाखको हाराहारीको जनसंख्या रहेको ललितपुर महानगरपालिका पाटन सहरको नामले समेत प्रसिद्ध छ । सहरको चार दिशामा रहेका बौद्ध स्तुपाहरू, जसलाई मौर्य सम्राट् अशोककालीन मानिन्छ । यी तथ्यहरूले पाटन अर्थात् ललितपुरको इतिहास इसापूर्व तेस्राे शताब्दीमा जोडिन्छ ।

    AGNI GROUP

    यस सहरभित्र मल्लकालसहित विभिन्न कालखण्डमा निर्मित विभिन्न भौतिक, सांस्कृतिक सम्पदा तथा प्रत्येक भौतिक सम्पदाको अभिन्न अंगको रूपमा रहेको पूजाआजा, नाचगान तथा बाजागाजाको नियमित अभ्यासका कारण काठमाडाैं उपत्यका विश्व सम्पदाको संरक्षित स्मारक क्षेत्रको रूपमा संसारभर परिचित छ । यसले सांस्कृतिक वैभवतालाई उजागर गरेको छ । ललितपुर महानगरभित्र बसोबास गर्ने नगरवासीहरूमध्ये धेरैले परम्परागत कला, सिप, हस्तकला तथा साना तथा घरेलु उद्योगहरूलाई आफ्नो पेसाको रूपमा अंगालेका छन् । अतः यो सहर जीवन्त सिर्जनात्मक सहरको रूपमा स्थापित भएको छ । 

    ललितपुर नगरभित्र रहेका विविध अमूर्त सांस्कृतिक सम्पदाहरूमध्ये संगीत विधासँग ललितपुरवासीहरूको अन्योन्याश्रित सम्बन्ध रहेको छ । नगरका प्रत्येक नागरिकहरूको दैनिकी मन्दिरहरूमा गरिने पूजा–अर्चना र भजनकीर्तनबाट सुरु हुन्छ । यस सहरभित्र विभिन्न अवसरहरूमा बजाइने परम्परागत तथा लोकबाजाहरूले एकातिर दिन–प्रतिदिन प्रसिद्धि पाइरहेको छ भने अर्कोतिर संगीत तथा नृत्यको माध्यमबाट रोजगारीको नयाँ अवसरसमेत सिर्जना भइरहेका छन् ।

    ललितपुर महानगरपालिकाले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्न सक्ने महसुस गरी परम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई समेत समेट्दै युनेस्कोले पहिचान गरेको अन्य सिर्जनात्मक विधाहरूलाई समेत एकीकृत रूपमा अगाडि बढाउन सकेमा आफ्नो छुट्टै पहिचानको स्थापना गर्दै अर्थतन्त्रमा समेत उल्लेख्य सहयोग पुऱ्याउन सकिने विश्वासका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    यिनै तथ्यहरूलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले संगीत विधामा ‘युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल’को सदस्यताका लागि पहल गरेको हो । फलस्वरूप २०२५ अक्टोबर ३१ मा ‘विश्व सहर दिवस’को अवसर पारेर ललितपुर महानगरपालिकालाई युनेस्को संगीतको सिर्जनात्मक सहर घोषणा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij