Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्तिबारे छलफल

बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्तिबारे छलफल

  • काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच संयुक्त छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    छलफलमा पूर्व मन्त्रीहरू जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी नेतृ दुर्गा सोवलगायत सहभागी रहेका थिए ।

    AGNI GROUP

    बैठकमा हालको जेनेरेसन जेड ९न्भल श्० आन्दोलनपछि बदलिँदो नेपाली राजनीति र त्यसले ल्याएको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनबारे गम्भीर छलफल गरिएको सहभागी नेताहरूले बताएका छन् ।

    उनीहरूका अनुसार छलफल वैकल्पिक राजनीतिक ध्रुवीकरणको दिशा तय गर्दै देशमा भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो ।

    स्रोतका अनुसार आगामी दिनमा पनि यस्ता संवाद र छलफल निरन्तर गर्ने तयारी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij