Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा युएईले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो ।

    AGNI GROUP

    नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

    नेपाल हाल विश्वकप लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

    यस खेलमा नेपालले एक परिवर्तन गरको छ । आज गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलो पटक अवसर दिइएको छ । युएईविरुद्धको नेपाली प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ सेख, भीम सार्की, करण केसी, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij