Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको छ ।

    AGNI GROUP

    आज दिउसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij