Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अक्सफोर्डको खोप कोरोना प्रसारण रोक्न सफल भएको अध्ययनको निष्कर्ष

अक्सफोर्डको खोप कोरोना प्रसारण रोक्न सफल भएको अध्ययनको निष्कर्ष

  • काठमाडौं । अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।

    onlinepatrika
    Arghakhachi

    मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए। यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो। नागरिक दैनिकमा समाचार छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट