Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानन्यायाधीश सहित वरिष्ठ न्यायाधीशहरू विदेश भ्रमणमा

प्रधानन्यायाधीश सहित वरिष्ठ न्यायाधीशहरू विदेश भ्रमणमा

  • काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा एउटा टोली बंगलादेशको भ्रमणमा गएको छ । बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश राउतले नेतृत्व गर्ने टोलीमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन् ।

    AGNI GROUP
    शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् । सोमबारदेखि न्यायाधीश हरि फुयालले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछन् ।

    प्रधानन्यायाधीशको टोली आगामी मंगलबारसम्म बंगलादेशको राजधानी ढाकामा रहनेछ भने त्यसपछि स्वदेश फर्कनेछ । त्यतिञ्जेल न्यायाधीश फुयालले नै कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

    गत महिनाको जेन–जी आन्दोलनमा भएको तोडफोडका कारण सर्वोच्च अदालत क्षतिग्रस्त छ । जलेका फाइलका कागजात संकलन तथा इजलास व्यवस्थापन हुन नसक्दा मुद्दाका सुनुवाइहरू प्रभावित भएका छन् । त्यसले गर्दा आधा भन्दा बढी न्यायाधीशहरू इजलासमा बस्न पाएका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij