Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साहुखल र घिमिरे राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त

साहुखल र घिमिरे राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बाल गोपाल साहुखल र चेतन कुमार घिमिरेलाई नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

    AGNI GROUP

    यसअघि मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा एन्फाले हरि खड्कालाई नियुक्त गरेको थियो । खड्कासहित प्रशिक्षण टिमले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।

    फुटबल टिमका मुख्य प्रशिक्षक रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    नेपाली राष्ट्रिय फुटबल टिमले अब एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij