Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न

  • काठमाडौं । आउँदो मंसिर ९ गते हुने विवाहपञ्चमी महोत्सवको तयारी स्वरुप जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सर्वपक्षीय बैठकबाट प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा विवापञ्चमी महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु निर्माण गर्ने निर्णय समेत गरिएको छ । विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधु सन्तको आवास तथा भोजनको व्यवस्था जानकी मन्दिर आफैँले गर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

    AGNI GROUP

    उहाँले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउनकालागि जनकपुरधाम नगरवासीलाई समेत आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह समेत गर्नुभयो ।

    मंसिर ४ गतेबाट शुरु हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विभिन्न उत्सवसँगै मंसिर १० गते सम्पन्न हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij