Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक लाख घुस लिएका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

एक लाख घुस लिएका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

  • काठमाडौं । सडक स्तरउन्नतीको अन्तिम भुक्तानी गर्न एक लाख घुस रकम लिएका एक वरिष्ठ लेखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    दैलेखको डुंगेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीले सडक स्तर उन्नतिको कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियारले केही समय अगाडि कार्कीलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    AGNI GROUP

    अधिकृत सातौँ तहमा कार्यरत कार्कीले गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै जाने सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रिया अगाडि बढाइदिने, प्रक्रियाको सहजीकरण गरिदिने भनी घुस रकम माग गरेका थिए । सो को उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

    कार्की विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरी बिगो बराबरकै जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij