Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए ।
उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे वृत्तमै राखेर अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij