Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फुटबलको समस्याका विषयमा प्रतिवेदन तयार गर्न खेलकुद मन्त्रालयले समिति बनाउने

फुटबलको समस्याका विषयमा प्रतिवेदन तयार गर्न खेलकुद मन्त्रालयले समिति बनाउने

  • काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग बिहीबार छलफल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा भएको छलफलमा मन्त्रीलाई ए डिभिजन लिग हुन नसक्नुको विषयमा एन्फा महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधरले ब्रिफिङ गरेका थिए ।

    AGNI GROUP

    महासचिव राईले मन्त्री गुप्ताले फुटबलको विषयमा चासो राखेको भन्दै सुरुमा धन्यवाद दिएका थिए । त्यसपछि उनले ए डिभिजन लिग हुन नसक्नुको विषयमा लामो ब्रिफिङ गरेका थिए ।

    उनले सी डिभिजन सकिएको दुई वर्षसम्म विभिन्न समस्याले बी डिभिजन सम्पन्न गर्न दुई वर्ष ढिलाइ भएको बताएका थिए ।

    क्लबहरूले खेल्न नमानेको र राजनीतिकरण भएकाले बी डिभिजन लिग सम्पन्न गर्न ढिलाइ भएको उनको जिकिर थियो । त्यसपछि पराम्परागत रुपमा हुँदै आएको ए डिभिजन लिगको अवधारणा परिवर्तन गर्दै होम एन्ड अवे लिग गर्न खोज्दा क्लबहरूले समय मागेको उनले मन्त्रीलाई बताए। साथै अहिले आफूहरु यो वर्ष राष्ट्रिय लिग वा ए डिभिजन लिग एकै भेन्यूमा गर्न तयार भएको पनि बताए ।

    उनले एन्फाका लागि सरकारसँग पाँच करोड माग गरेकोमा जम्मा ४० लाख मात्र बजेट बिनियोजन भएको पनि बताए । 

    त्यसपछि अन्त्यमा मन्त्रीले  ए डिभिजन क्लब र एन्फाबीच नमिलेका कुरा बुँदागत रुपमा पठाउन भनेका थिए । साथै दशरथ रंगशालाले सन् २०२३ देखि अन्तर्राष्ट्रिय मान्यता गुमाएको अवस्थामा रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन मन्त्रालयबाट टिम खटाएर काम गर्ने मन्त्रीले बताए ।

    यस्तै मन्त्रीकोतर्फ सुझावसहितको प्रतिवदेन पेश गर्न गरी समिति बनाउन पनि प्रस्ताव गरिएको थियो । एन्फा प्रतिनिधि र विज्ञसहितको पाँच सदस्यीय समितिले पाँच दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न प्रस्ताव गरिएको छ । समितिले स्पष्ट रोडम्याडसहितको प्रतिवेदन दिन भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij