Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महालक्ष्मी विकास बैंक पुन: ‘आइएसओ प्रमाणित’

महालक्ष्मी विकास बैंक पुन: ‘आइएसओ प्रमाणित’

  • काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरको आइएसओ ९००१:२०१५ प्रमाणपत्र पुन: प्राप्त गर्दै गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाएको छ । बैंकले २०२४ अगस्टदेखि लागू हुने प्रमाणपत्र र पहिलो सर्भिलियन्स अडिट मापदण्ड पूरा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकले ३१ वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै ८ लाखभन्दा बढी ग्राहकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा दिँदै आएको छ । काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र बाट पुन: प्रमाणित भएको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गत आइएसओ ९००१:२०१५ मापदण्ड पूरा गरी पुन: प्रमाणिकरण प्राप्त गरेको हो ।

    AGNI GROUP

    बैंकले सन् २०२४ अगस्ट १६ (वि.सं. २०८१ साउन ३२) देखि लागू हुने गरी प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसपछि २०८२ साल भाद्र महिनामा सम्पन्न पहिलो सर्भिलियन्स अडिटमा पनि बैंकले आवश्यक मापदण्ड पूरा गरी पुन: प्रमाणिकरण कायम राख्न सफल भएको हो ।

    यस प्रणाली अन्तर्गत बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेको, उत्कृष्ट सेवा प्रदान गर्ने क्षमता देखाएको, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न निरन्तर सुधारका प्रयास जारी राखेको र पारदर्शी कार्यप्रणाली अपनाएको बताइएको छ ।

    बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि देशभरका ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

    गुणस्तरमाथि निरन्तर ध्यान केन्द्रित गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा सुधार गर्ने महालक्ष्मी विकास बैंक विकास बैंकहरुमध्ये अग्रणी संस्थाको रूपमा स्थापित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij