Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ ।
१७ वर्षीय बेन अस्टिन नामका क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा लागेको थियो । अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ ।
मंगलबार घाइते भएपछि आपतकालीन सेवाहरू बोलाइयो। अस्पताल लगिएपछि बेनलाई लाईफ सपोर्ट प्रणालीमा राखिएको थियो । यद्यपि, बुधबार उनको मृत्यु भयो ।
उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij