Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्की र ‘जेन–जी युनाइटेड’ समूहबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्री कार्की र ‘जेन–जी युनाइटेड’ समूहबीच सिंहदरबारमा वार्ता

  • काठमाडौं । ‘जेन–जी युनाइटेड’ नामक समूहका नौ जना युवायुवती प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा बसेका छन् । प्रधानमन्त्री र उक्त समूहबीच आज सिंहदरबारमा वार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    गत शनिबार समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी प्रशासनले सहभागीहरुलाई नियन्त्रणमा लिएको थियो । सोही घटनापछि सरकार र समूहबीच संवादका लागि नौ प्रतिनिधिलाई वार्तामा बोलाइएको हो ।

    AGNI GROUP

    यसैबीच, समूहका अन्य सदस्यहरू भने बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । वार्तामा समूहका तर्फबाट राखिएका माग र सरकारको धारणा भने सार्वजनिक गरिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij