Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

  • काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज (मंगलबार) माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    चितवनबाट लमजुङतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ज-०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको हो ।

    AGNI GROUP

    सो क्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ-१२८७ नम्बरको गाडीमासमेत ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका-८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।

    यस्तै लमजुङको दोर्दी गाउँपालिका-४ बस्ने २० वर्षीया गंगा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका-१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका-१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका छन् ।

    दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij