Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमाले सचिवालय बैठक शनिबार बस्ने

एमाले सचिवालय बैठक शनिबार बस्ने

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ। बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।

    onlinepatrika
    Arghakhachi

    गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।

    AGNI GROUP

    पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।

    सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ । सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij