Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नवलपरासीका पाँच पालिकाले कात्तिक ११ गते मंगलबार स्थानीय बिदा दिएका छन् । जिल्लामा सात पालिका रहेकोमा छठ पर्व मनाउने समुदायको बाहुल्यता भएका पाँच पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
बिदा दिनेमा रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका छन् ।
सुनवल र बर्दघाट नगरपालिकाले भने बिदा दिएका छैनन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वअन्तरगत आज अस्ताउँदो सूर्यको पूजा (अघ्र्य) गरिँदै छ । भोलि उदाउँदो सूर्यलाई पूजा गरेर छठ समापन हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij