Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज

बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज

  • काठमाडौँ । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार सम्पन्न सिरिजको तेस्रो खेलमा १७९ रनको फराकिलो जित हासिल गर्दै बंगलादेशले वेस्ट इन्डिजविरुद्धको सिरिज जितेको हो ।

    AGNI GROUP

    यस खेलमा बंगलादेशले दिएको २९७ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज केवल ३०.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो ।

    वेस्ट इन्डिजका लागि अकील हुसैनले सर्बाधिक २७ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर नासुम अहमद र रिशाद होसैनले ३-३ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २९६ रन बनाएको थियो । बंगलादेशका लागि सौम्य सरकारले सर्बाधिक ९१ र सैफ हसनले ८० रन बनाए । त्यस्तै वेस्ट इन्डिजका बलर अकील होसैनले सर्बाधिक ४ विकेट लिएका थिए ।

    अब दुवै देशबीच ३ खेलको टी-२० सिरिज हुदैछ । सिरिजको पहिलो खेल सोमबार  हुने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij