Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टिकटकबाट अफवाह फैलाउने दुई जना नियन्त्रणमा

टिकटकबाट अफवाह फैलाउने दुई जना नियन्त्रणमा

  • काठमाडौँ । प्रहरीले टिकटकबाट अफवाह फैलाउने सजन श्रेष्ठ र अफ्ताव अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    असोज ३० गते श्रेष्ठले बागमती प्रदेश ०२ -०५१ प ६३ ५४ नम्बरको एन एस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको हेण्डिल लगाई लापरवाही तरिकाले चलाईरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोमा नियन्त्रणमा लिईएको उक्त मोटरसाइकलको हेण्डिल परिवर्तन गर्ने क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा मोटरसाइकल चालक श्रेष्ठले भारतको सितामडी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारी समेतलाई प्रयोग गरी सामाजिक सन्जाल टिकटकमा नकरात्मक असर पर्ने किसिमका श्रब्यदृष्य पोष्ट गरेको आरोपमा दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    AGNI GROUP

    उनीहरुको साथबाट मोबाइल र गोप्रो क्यामरा एक एक थान बरामद गरि थप अनुसन्धान एवं आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाईएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij