Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रिजवानलाई हटाएर अफ्रिदीलाई बनाइयो पाकिस्तानको एकदिवसीय टिमको कप्तान

रिजवानलाई हटाएर अफ्रिदीलाई बनाइयो पाकिस्तानको एकदिवसीय टिमको कप्तान

  • काठमाडौँ । मोहम्मद रिजवानलाई पाकिस्तानको एकदिवसीय कप्तानबाट हटाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले रिजवानलाई हटाएर उनको स्थानमा अनुभवी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय ढाँचाको कप्तान बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बोर्ड ह्वाइट बल क्रिकेटका प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय छनोट समितिबीच इस्लामाबादमा बैठकपछि यस्तो निर्णय लिएको जनाएको छ । शाहीनले नोभेम्बर ४ देखि दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजबाट पाकिस्तानी टोलीको जिम्मेवारी लिनेछन् ।

    AGNI GROUP

    शाहीनले यसअघि २०२४ को सुरुमा टी- २० टोलीको कप्तानी गरेका थिए, तर दुई महिनापछि मात्र उनलाई त्यो भूमिकाबाट हटाइएको थियो ।रिजवानलाई अक्टोबर २०२४ मा पाकिस्तानको एकदिवसीय र टी- २० टोलीको कप्तान नियुक्त गरिएको थियो, तर उनको नेतृत्वमा टोलीले राम्रो नतिजा हासिल गर्न सकेन ।

    रिजवानको नेतृत्वमा पाकिस्तानले २० मध्ये नौ एकदिवसीय खेल जित्यो, ११ खेलमा हार बेहोरेको थियो । रिजवानको जित प्रतिशत ४५ प्रतिशत थियो । टी-२० मा उनको कप्तानी अझ असफल रह्यो, रिजवान कप्तान रहेका चारै खेल पाकिस्तानले हारेको थियो ।

    टी-२० मा पराजयको सिरिज पछि, सलमान अली आगालाई रिजवानको ठाउँमा टी-२० कप्तान नियुक्त गरिएको थियो, तर त्यतिन्जेलसम्म उनी एकदिवसीय टोलीको कप्तानी गर्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij