Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रीमतीको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बुद्धसिंको ससुराली घरमा निधन

श्रीमतीको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बुद्धसिंको ससुराली घरमा निधन

  • काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा ४८ वर्षीया श्रीमती राधिका वाइबाले ढुंगा प्रहार गर्दा ५५ वर्षीय श्रीमान् बुद्धसिं वाइबाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ढुंगा प्रहारको घटना कात्तिक १ गतेको हो । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बुद्धसिंको मंगलबार बिहान मृत्यु भएको हो । 

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बुद्धसिंको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको र सो अस्पतालबाट पनि चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएको बताए । 

    घर फिर्ता भएपछि उनलाई सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुराली घरमा राखिएको थियो । ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij