Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

  • काठमाडौँ । लक्ष्मी पुजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सोमबार साँझ ६: ५० बजे नेपालमा आन्तरिक विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै सोहि समयमा प्राधिकरणले १०१५ मेगावाट निर्यात समेत गरेको जानकारी दिएको छ । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

    AGNI GROUP

    २०७३ सालको भदौमा विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij