Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन महिनामा बागमती सरकारको खर्च ६.१९ प्रतिशत मात्र

तीन महिनामा बागमती सरकारको खर्च ६.१९ प्रतिशत मात्र

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार, साउनदेखि असोजसम्मको अवधिमा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ खर्च भएको हो । 

    AGNI GROUP

    प्रदेश सरकारले चालु आवका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । तीमध्ये चालुतर्फको खर्च बढी र पुँजीगततर्फको खर्च न्यून भएको मन्त्रालयले जनाएको छ ।

    विनियोजित बजेट खर्चका आधारमा प्रदेश लोकसेवा आयोग सबैभन्दा अगाडि रहेको छ। आयोगले तीन महिनामा १९ दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको छ । त्यसपछि प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत खर्च गरेको छ ।

    त्यसै गरी सबैभन्दा कम खर्च गर्ने निकायमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय रहेको छ, जसले अहिलेसम्म शून्य दशमलव ८० प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

    सूचना अधिकारी पौडेलका अनुसार, गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शनी’ का क्रममा प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएका कारण नियमित कामकाज प्रभावित भएको थियो । यसका साथै, विभिन्न निकायहरूले समयमै योजना कार्यान्वयन गर्न नसक्दा पनि खर्च दर कम देखिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij