Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

७७ वटै जिल्लाका सिडिओलाई गृहको ६२ बुँदे निर्देशन

सिडिओले बुझ्नैपर्ने गृहको सन्देश

सिडिओले बुझ्नैपर्ने गृहको सन्देश

  • काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई ६२ बुँदे निर्देशन जारी गरेको छ । आइतबार सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन, प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, कारागार प्रशासन र विपद् व्यवस्थापनलगायतका विषयमा निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्देशन अनुसार कुनै पनि प्रदर्शन वा सभा जुलुस गर्नुअघि अनिवार्य रूपमा प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । साथै, यस्ता गतिविधि हिंसात्मक नबनून् र कुनै पनि पक्षलाई उत्तेजित नगर्ने गरी शान्तिपूर्ण तरिकाले गर्नुपर्ने भनिएको छ ।

    AGNI GROUP

    मन्त्रालयका अनुसार मुलुकभर शान्ति सुरक्षाको अवस्था सुदृढ पार्ने, अपराध नियन्त्रणमा प्रभावकारी कार्य योजना लागू गर्ने र जनतालाई सहज तथा पारदर्शी सेवा प्रदान गर्न निर्देशन जारी गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij