Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अतिरिक्त सचिव डा.मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अतिरिक्त सचिव डा.मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअतिरिक्त सचिव डा.संगीता कौशल मिश्राविरुद्ध आज आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्ध करिब १४ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    AGNI GROUP

    स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।

    जेनजी आन्दोलनपछि गठित सरकारमा उनी स्वास्थ्यमन्त्री बन्ने चर्चा थियो । यसका लागि राष्ट्रपति कार्यालयमा मन्त्रीको सूची भन्दै शपथका लागि उनको नामसमेत पठाइसकिएको थियो । तर उनीमाथि अनुसन्धान भइरहेको खबर पुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम ‘होल्ड’ गरेकी थिइन् ।

    स्वास्थ्य सचिवको आकांक्षीसमेत रहेकी मिश्र सचिव बन्न नसकेपछि बिदामा बसेकी थिइन् । जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रूपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij