Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखरा महानगरमा प्लाष्टिकका फूल बिक्री बितरण गर्न रोक

पोखरा महानगरमा प्लाष्टिकका फूल बिक्री बितरण गर्न रोक

  • काठमाडौं । पोखरा महानगरपालिकाले प्लाष्टिकका फूल–गुच्छा बिक्री बितरण गर्न रोक लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरले आउँदै गरेको दिपावली (तिहार) पर्वमा सम्पूर्ण व्यवसायीहरूले प्लाष्टिकजन्य फूल–माला बिक्री–वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फुल प्रयोग गर्न आग्रह गरेको हो ।

    AGNI GROUP

    महानगरले वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल– गुच्छाको बिक्री–वितरणमा रोक लगाउने भनी मिति नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरिएकोले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि, पोखरा महानगरले स्थानीय उत्पादन प्रवद्र्धन नीति अनुसार प्लाष्टिकजन्य फूल–माला बिक्री–वितरणमा रोक लगाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij