Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना

हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना

  • काठमाडौं । हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको भएको हो ।

    AGNI GROUP

    दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन् । घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र बाजुराकी ४५ वर्षीया प्रेमकला दमाई रहेका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।

    बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका११ का दिपक बिक रहेका छन् । बसमा २३ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij