Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ- प्रचण्ड

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ- प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । उनले भने- 'अबको माओवादीको लाइन भनेको चुनाव हो ।'

    AGNI GROUP

    साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे- 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।'

    कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने- 'अहिले मेरो जेनजी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले  माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ ।' 

    उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij