Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

नेप्सेमा २२.५८ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

नेप्सेमा २२.५८ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।  

    AGNI GROUP

    आज समता घरेलु लघुवित्तको शेयरमा सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij