Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लोसपा नेता सोनलको नेतृत्वमा मधेशमा सरकार गठनको दाबि पेश

लोसपा नेता सोनलको नेतृत्वमा मधेशमा सरकार गठनको दाबि पेश

  • काठमाडौँ । मधेश सरकारको नयाँ नेतृत्वको लागि जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा सरकार गठनको दाबी पेश भएको छ । मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा सरकारको दाबी पेश भएको हो ।

    onlinepatrika
    Arghakhachi

    लोसपा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सम्मिलित सरकार बन्ने भएको हो । 

    AGNI GROUP

    १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्नेमा यो गठबन्धनसँग ५६ सदस्य पुगेको छ । जसमा जसपा नेपालका १९ जना, जनमतका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ जना रहेका छन् ।

    यस अघि कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि त्यो सहमति तोडेर नयाँ गठबन्धन बनाइएको छ । यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij