Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेरी नगरपालिकामा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनि र ७ कर्मचारीविरुद्ध मुद्धा दायर

भेरी नगरपालिकामा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनि र ७ कर्मचारीविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले अनुसन्धानका क्रममा नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकको ठेक्का प्रक्रियामा मिलोमतो गरेर ठेक्का दिएको प्रमाणित भएको बताउदै विशेष अदालत,मा मुद्धा दायर गरेको जनाएको छ ।

    AGNI GROUP

    अख्तियारले ८१ लाख ५३ हजार ६३० बिगो कायम गर्दै भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत कार्यरत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापा/सविन/सुदर्शन जे.भी., खलगां ४ जाजरकोट र उक्त जे.भी.का आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij