Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद्को बिस्तार

को को बन्दैछन् मन्त्री ?

को को बन्दैछन् मन्त्री ?

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को बिस्तारको तयारी गरेकी छन् । हाल आठ सदस्यीय रहेको मन्त्रिपरिषदमा जेनजी समुहका केहि अगुवाहरुलाई समेटेर  बिस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्मको छलफल अनुसार प्रधानमन्त्री कार्कीले सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरेकी छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यद्यपी छलफल जारी रहेको र एकदुई नाममा हेरफेर हुनसक्ने बताइएको छ । प्रधानमन्त्री कार्कीले सोमबारसम्म शपथ खुवाउने गरि तयारी गरेको बताइएको छ ।

    AGNI GROUP

     

    हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिस कानून, न्याय तथा संसदीय मामिलास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट